फर्कन्छौ कि तिमी भन्दै कुर्दैछु सानु
साहित्यका शब्द सँगसँगै फुर्दैछु सानु
खै कस्तो मोडमा दैवले टाढा गरायो
अरुकै चिनाको नामथरमा जुर्दैछु सानु
कति कोसिश गरे फेरि भेट्छु कि भनी
नचाहेर तिम्रो मेरो साइनो तुर्दैछु सानु
नलाग्नु पर्ने चोट लागेपछि यस्तै भयो
मन भित्रको घाउको डोबलाई पुर्दैछु सानु
जवाफ लेख्नुहोस्