Archive | अक्टोबर, 2012

भगवान

10 अक्ट

नगराउनु भेट किन गरायौ भगवान
बलिन्द्र आँशु किन झरायौ भगवान
भुल्छु भन्दा अतितका याद बल्झिदिन्छ
विश्वास गर भनि किन करायौ भगवान

धेरै पछि नजिक आयौ अलिकति खुसी लाछ
तिमी पराई भयौ र त अलिकति दुख लाछ
अतितका पल विर्सिएर ज्यूनै सक्दिन सानु
नचाहेरै टाढा हुन पर्यौ अलिकति दुख लाछ

यति धेरै भुल तिम्ले गर्यौ किन त
यता उता जता पनि सर्यौ किन त
विश्वास कति गरे टुक्राइदियौ सवै
जंगारमा छोडि खोली तर्यौ किन त

ओहो यहा कत्ति पनि जीउनै सकिन मैले
अमृत भनि विष दियौ पिउनै सकिन मैल
धेरै धेरै खुसी हुन्छौ भनेर हो नी त सानु
जति कोसिस गरे पनि मुटु सिउनै सकिन मैले

सहि गल्ति छुट्याउन सकेको भए तिम्ले
मनलाई भाग्न नदिइ कसेको भए तिम्ले
दुइ किनार हुदैन थियो हाम्रो अटुट साथ
सहिदिन्थे घाटीमा छुरै धसेको भए तिम्ले

तिम्लाई सम्झी मुटु अव पोलाउदिन सानु
आफ्नो भनी कैले पनि बोलाउदिन सानु
चोट कति दियौ तैपनि दुख्थेन कैले पनि
तिम्रो यादमा कति पनि टोलाउदिन सानु

के के भन्थ्यौ के के गथ्र्यौ सवै भुलीसके
तिम्लाई झै अरुलाई मन खुलाउदिन सानु

पिडा कस्तो हुन्छ भोग्नेलाई थाहा होला
आँसु कस्तो हुन्छ पिउनेलाई थाहा होला
यस्ता उस्ता भन्दै दुनियाले कुरा काट्दा
मिलन कस्तो हुन्छ विछोडनेलाई थाहा होला

तिम्ले दिएका गित नै साथी भाछन् आजकल
अतित नै वर्तमानको साथी भाछन् आजकल
दुखी म भए पनि सुखी देख्दा तिमीलाई सानु
त्यसैले हारे पनि जिन्दगी जित भाछ्न आजकल

फक्रेको फुल बन्न चाहान्थे तर काडा बनाइदियौ
धेरै नजिक बनाएर आखिर आज टाढा बनाइदियौ
अन्जान थियौ तिमी अन्जान थिए मै पनि सानु
पवित्र पे्रमलाई किन कुन्नी तिम्ले छाडा बनाइदियौ

तिम्लाई असल साथी मान्नु गल्ति भयो मेरो
तिम्रो निम्ती सवैसँग लड्नु गल्ति भयो मेरो
साराले नराम्रो भन्दै हिडे तै पनि राम्रो माने
सत्य त्यहि रैछ झुट पढ्नु गल्ति भयो मेरो