1.देखेकोलाई विश्वास गरु कि भनेकोलाई सानु
दुनियाले यति भयो भन्दै दिन गनेकोलाई सानु
धेरै खेल्यौ लुकामारी खेल किन हो कुन्नी तिम्ले
अटुट भनेको साइनो टुक्राटुक्रा बनेकोलाई सानु
2.कसैको यादमा मन रुने किन होला
पराइको बोलीले मन छुने किन होला
व्यथा बढ्या मन जल्या कस्ले देख्छर
आँशुनै आँशुले मन धुने किन होला
3.सवैसँग हाँसी हाँसी जिउने रहर
अमृतलाई विष भनि पिउने रहर
कस्को हुन्छ होला यस्तो मन भन त
मुटु छिया पारी फेरि सिउने रहर
4.बोल्दा पनि मुटु घोच्यो लेख्दा पनि घोच्यो
नचाहेर नी मनमा कुरा कति कति कोच्यो
भो लेख्दिन अनि भन्दिन केहि भन्छु सधै
किन कुन्नी निष्ठुरीले सधै उल्टो सोच्यो
5.पलपल मरेर नी बाच्नु पर्दो रैछ
दुखी मन लुकाएर हाँस्नु पर्दो रैछ
को कस्तो चिन्नलाई गाह्रो प¥या छ
उसकै नाउमा पिरति साच्नु पर्दो रैछ
6.मेरा सबै शब्द तिम्लाई छुरा लाग्छन् अरे
भन्दै नभन्दा पनि मनमा कुरा लाग्छन् अरे
तिम्रा मनका भावना बुझ्नै गाह्रो भयो सानु
भन्दै हिड्छौ रे सम्बन्ध काँचको चुरा लाग्छन् अरे
7.फुल झै फुल्यौ उसै गरि झार्न सकिन
तिम्ले झै दिल यता उता सार्न सकिन
कुनै मतलव छैन भन्न किन मन मान्दैन
किन यस्तो ग¥यौ भनेर नी खार्न सकिन
8.तिमी अरुकै बन मलाई कुनै मतलव छैन
तिम्रो याद साथमै छ अरु कुनै मतलव छैन
कस्तो कस्तो सपना सजाएछ पापी यो मनले
याद गर या नगर मलाई कुनै मतलव छैन
9.तिम्रै खुसीको लागि कति आँशु झरिदिएछन्
आफनो भन्ने मुटु पनि तिम्रै निम्ती मरिदिएछन्
आखिर तिमीसँग टाढा हुँदा आँशु किन झर्छ
थाहै थिएन मुटु भरि तिम्रै माया भरिदिएछन्