तिमी मेरो दिलको ढुकढुकी बन्न खोज्यौ कि
तिमी नै मेरी दिलकी रानी भन्न खोज्यौ कि
देखेकी छु माया गर्दै दोबाटोमा छोडेको नी
यस्तै गरि छाड्ने रुपमा गन्न खोज्यौ कि
जुनतारा झार्छु परि सरि राख्छु तिम्लाई भन्दै
पुरा गर्नै नसक्ने कसमको खानी बन्न खोज्यौ कि
आरोप होइन यर्थाथता कति कति देखेकि छु
मेरो पनि मायाको बगैचा खन्न खोज्यौ कि