हाँसो मजाकमा यर्थाथता मिसाएका थियौ
तिमीप्रति त्यै पलमा मेरो मन चिसाएका थियौ
बारबार हर बार माफि दिदै आए तर आज
मेरो कुरा गर्दै मलाई नै खिसाएका थियौ
व्यवहार र बोलाई कस्तो चिन्नै नसक्दा
ढुङ्गा अनि माटो बनाई पिसाएका थियौ
चाहन्नथे तिमसिँग आत्मियता टुक्रायाउनलाई
नचाहेरै आफ्नो दुख मेरो सामु विसाएका थियौ
मित्रतामा फाटो ल्याउने विषादी रुप भएपछि
ख्याल ठट्टामा तिमी पनि रिसाएका थियौ