Archive | नोभेम्बर, 2012

नपरोस्

5 नोभ

थुक्क मेरो जिन्दगी भन्दै थुक्दै हिड्न नपरोस्
अरु झै गन्तव्य विहिन यात्री बन्दै हिड्न नपरोस्
माया ग¥यौ अनि संसार जित्दै गाछौ रे तिमी
लुकाउदै आँशु ओठे हासो हास्दै हिड्न नपरोस्

कविता

5 नोभ

कविता

आजकल म हिमालसँगै हराउछु
सुन्दर कलकल बग्ने नदिसँगै हराउछु
यस्ता उस्ता कस्ता हुन् कुन्नी
लहलह झल्दै गरेका ती धानका बालासँगै हराउछु
म हराउदै गर्दा खोज्न तिमी आयौ
फेरि तिमीसँगै विताएको अतितसँगै हराउछु
झस्कदै तिम्ले गरेका विश्वासघातमा फर्कि
फुल्दै गरेको तये सयपत्री र मखमलीमा हराउछु
तिमीसँग भेटले मलाई साहित्य साधिका बनायो
एक्लै हुदा म त्यही साहित्यसँगै हराउछु
न त गित लेख्न जाने न त कविता
फेरि किन म त्यही रितमा हराउछु
हराउदा हराउदै तिम्रै नाम पुकारी म कराउछु

छुट्यो रे आजकल

5 नोभ

रोको मेरो मन बुझाउनी साथी छुट्यो रे आजकल
दुख सुख सवै बाड्ने उही साथी छुटेयो रे आजकल
यस्ता कुरा गरि मन व्यर्थै किन दुखाउनु र सानु
सधैभरि साहस जुटाइदिने साथी छुट्यो रे आजकल

5 नोभ

मायाका कुरा गर्ने मान्छे कर्के नजर लाउन थाले
हरपल झुम्मीने साथी आजकल अन्तै धाउन थाले
भुमरी आयो मेरो जिन्दगीमा भन्दै हिड्ने कसलाई
झुट भन्दै मसँग गरेका हरेक कुरा सत्य पाउन थाले

बोल्ने रहर मनको तिम्ले बुझेनौ त सानु
खोल्ने रहर मनको तिम्ले बुझेनौ त सानु
कोट्याइ रह्यो सधैभरि यो मनको मझेरी
पोल्ने रहर मनको तिम्ले बुझेनौ त सानु

तिम्रा हरेक शब्दलाई विश्वास गरेर त धोका पाए
तिम्रा हरेक गल्तिलाई माफि गरेर त धोका पाए
थाहा थियो तिम्लाई कस्तो हो भन्ने कुरा तैपनि
जे भन्थ्यौ त्यसमै विश्वास गरेर त धोका पाए