नपरोस्

5 नोभ

थुक्क मेरो जिन्दगी भन्दै थुक्दै हिड्न नपरोस्
अरु झै गन्तव्य विहिन यात्री बन्दै हिड्न नपरोस्
माया ग¥यौ अनि संसार जित्दै गाछौ रे तिमी
लुकाउदै आँशु ओठे हासो हास्दै हिड्न नपरोस्

कविता

5 नोभ

कविता

आजकल म हिमालसँगै हराउछु
सुन्दर कलकल बग्ने नदिसँगै हराउछु
यस्ता उस्ता कस्ता हुन् कुन्नी
लहलह झल्दै गरेका ती धानका बालासँगै हराउछु
म हराउदै गर्दा खोज्न तिमी आयौ
फेरि तिमीसँगै विताएको अतितसँगै हराउछु
झस्कदै तिम्ले गरेका विश्वासघातमा फर्कि
फुल्दै गरेको तये सयपत्री र मखमलीमा हराउछु
तिमीसँग भेटले मलाई साहित्य साधिका बनायो
एक्लै हुदा म त्यही साहित्यसँगै हराउछु
न त गित लेख्न जाने न त कविता
फेरि किन म त्यही रितमा हराउछु
हराउदा हराउदै तिम्रै नाम पुकारी म कराउछु

छुट्यो रे आजकल

5 नोभ

रोको मेरो मन बुझाउनी साथी छुट्यो रे आजकल
दुख सुख सवै बाड्ने उही साथी छुटेयो रे आजकल
यस्ता कुरा गरि मन व्यर्थै किन दुखाउनु र सानु
सधैभरि साहस जुटाइदिने साथी छुट्यो रे आजकल

5 नोभ

मायाका कुरा गर्ने मान्छे कर्के नजर लाउन थाले
हरपल झुम्मीने साथी आजकल अन्तै धाउन थाले
भुमरी आयो मेरो जिन्दगीमा भन्दै हिड्ने कसलाई
झुट भन्दै मसँग गरेका हरेक कुरा सत्य पाउन थाले

बोल्ने रहर मनको तिम्ले बुझेनौ त सानु
खोल्ने रहर मनको तिम्ले बुझेनौ त सानु
कोट्याइ रह्यो सधैभरि यो मनको मझेरी
पोल्ने रहर मनको तिम्ले बुझेनौ त सानु

तिम्रा हरेक शब्दलाई विश्वास गरेर त धोका पाए
तिम्रा हरेक गल्तिलाई माफि गरेर त धोका पाए
थाहा थियो तिम्लाई कस्तो हो भन्ने कुरा तैपनि
जे भन्थ्यौ त्यसमै विश्वास गरेर त धोका पाए

भगवान

10 अक्ट

नगराउनु भेट किन गरायौ भगवान
बलिन्द्र आँशु किन झरायौ भगवान
भुल्छु भन्दा अतितका याद बल्झिदिन्छ
विश्वास गर भनि किन करायौ भगवान

धेरै पछि नजिक आयौ अलिकति खुसी लाछ
तिमी पराई भयौ र त अलिकति दुख लाछ
अतितका पल विर्सिएर ज्यूनै सक्दिन सानु
नचाहेरै टाढा हुन पर्यौ अलिकति दुख लाछ

यति धेरै भुल तिम्ले गर्यौ किन त
यता उता जता पनि सर्यौ किन त
विश्वास कति गरे टुक्राइदियौ सवै
जंगारमा छोडि खोली तर्यौ किन त

ओहो यहा कत्ति पनि जीउनै सकिन मैले
अमृत भनि विष दियौ पिउनै सकिन मैल
धेरै धेरै खुसी हुन्छौ भनेर हो नी त सानु
जति कोसिस गरे पनि मुटु सिउनै सकिन मैले

सहि गल्ति छुट्याउन सकेको भए तिम्ले
मनलाई भाग्न नदिइ कसेको भए तिम्ले
दुइ किनार हुदैन थियो हाम्रो अटुट साथ
सहिदिन्थे घाटीमा छुरै धसेको भए तिम्ले

तिम्लाई सम्झी मुटु अव पोलाउदिन सानु
आफ्नो भनी कैले पनि बोलाउदिन सानु
चोट कति दियौ तैपनि दुख्थेन कैले पनि
तिम्रो यादमा कति पनि टोलाउदिन सानु

के के भन्थ्यौ के के गथ्र्यौ सवै भुलीसके
तिम्लाई झै अरुलाई मन खुलाउदिन सानु

पिडा कस्तो हुन्छ भोग्नेलाई थाहा होला
आँसु कस्तो हुन्छ पिउनेलाई थाहा होला
यस्ता उस्ता भन्दै दुनियाले कुरा काट्दा
मिलन कस्तो हुन्छ विछोडनेलाई थाहा होला

तिम्ले दिएका गित नै साथी भाछन् आजकल
अतित नै वर्तमानको साथी भाछन् आजकल
दुखी म भए पनि सुखी देख्दा तिमीलाई सानु
त्यसैले हारे पनि जिन्दगी जित भाछ्न आजकल

फक्रेको फुल बन्न चाहान्थे तर काडा बनाइदियौ
धेरै नजिक बनाएर आखिर आज टाढा बनाइदियौ
अन्जान थियौ तिमी अन्जान थिए मै पनि सानु
पवित्र पे्रमलाई किन कुन्नी तिम्ले छाडा बनाइदियौ

तिम्लाई असल साथी मान्नु गल्ति भयो मेरो
तिम्रो निम्ती सवैसँग लड्नु गल्ति भयो मेरो
साराले नराम्रो भन्दै हिडे तै पनि राम्रो माने
सत्य त्यहि रैछ झुट पढ्नु गल्ति भयो मेरो

घातमा लेखे

26 सेप

आजसम्म जति लेखे तिम्रा साथ र घातमा लेखे सानी
दिन भन्थ्यौ तिमी तर मैले काटेका रातमा लेखे सानी

सत्य कहिले डक्दैन झुट कहिले टिक्दैन भन्ने जानेनौ कि
हात्तिको झै तिम्रा पनि कुरा चपाउने दातमा लेखे सानी

जति तिम्ले लुकाउथ्यौ उति मैले देख्न पुग्थे दृश्य सानु
तिमीले गरेका हरेक पलका विश्वासघातमा लेखे सानी

फेर्दैछु सानु

17 सेप

म हिजो र आजलाई हेर्दैछु सानु
हिजोको त्यो साइनो फेर्दैछु सानु

अनुमती मागिन मैले तिमीसँग पनि
लेखिएको दिलमा नाम केर्दैछु सानु

यो पिरतिमा यस्तै सम्बन्ध रहेछ क्यार
थाहा नपाइ आफैले मन फेर्दैछु सानु

गाह्रो भा छ सम्हाल्नलाई मन तै पनि
जगमगाएका धेरै रहर तिम्रा हेर्दैछु सानु

जे थियो हिजो नहुँदा आज कत्ति पनि
तिम्रै खुसीको निम्ति मन फेर्दैछु सानु

16 सेप

थुङ्गा

१ आजकल दिनदिनै अश्रुवर्षा भा छ
सायद तिमी टाढा गएर पो हो कि

२ आजकल ज्यून धेरै गाह्रो भा छ
किनकि तिमी उसँग साइनो गाँस्दैछौ

३ जति बिर्सन्छु भन्यो सम्झना झन धेरै भयो
तिम्रो होइन तिमीले दिएका दर्दहरुको

४ अव त म रुदै रुदिन
किन थाहा छ मेरो त आँशु नै सुकि सकेछ

मन

16 सेप

1.देखेकोलाई विश्वास गरु कि भनेकोलाई सानु
दुनियाले यति भयो भन्दै दिन गनेकोलाई सानु
धेरै खेल्यौ लुकामारी खेल किन हो कुन्नी तिम्ले
अटुट भनेको साइनो टुक्राटुक्रा बनेकोलाई सानु

2.कसैको यादमा मन रुने किन होला
पराइको बोलीले मन छुने किन होला
व्यथा बढ्या मन जल्या कस्ले देख्छर
आँशुनै आँशुले मन धुने किन होला

3.सवैसँग हाँसी हाँसी जिउने रहर
अमृतलाई विष भनि पिउने रहर
कस्को हुन्छ होला यस्तो मन भन त
मुटु छिया पारी फेरि सिउने रहर

4.बोल्दा पनि मुटु घोच्यो लेख्दा पनि घोच्यो
नचाहेर नी मनमा कुरा कति कति कोच्यो
भो लेख्दिन अनि भन्दिन केहि भन्छु सधै
किन कुन्नी निष्ठुरीले सधै उल्टो सोच्यो

5.पलपल मरेर नी बाच्नु पर्दो रैछ
दुखी मन लुकाएर हाँस्नु पर्दो रैछ
को कस्तो चिन्नलाई गाह्रो प¥या छ
उसकै नाउमा पिरति साच्नु पर्दो रैछ

6.मेरा सबै शब्द तिम्लाई छुरा लाग्छन् अरे
भन्दै नभन्दा पनि मनमा कुरा लाग्छन् अरे
तिम्रा मनका भावना बुझ्नै गाह्रो भयो सानु
भन्दै हिड्छौ रे सम्बन्ध काँचको चुरा लाग्छन् अरे

7.फुल झै फुल्यौ उसै गरि झार्न सकिन
तिम्ले झै दिल यता उता सार्न सकिन
कुनै मतलव छैन भन्न किन मन मान्दैन
किन यस्तो ग¥यौ भनेर नी खार्न सकिन

8.तिमी अरुकै बन मलाई कुनै मतलव छैन
तिम्रो याद साथमै छ अरु कुनै मतलव छैन
कस्तो कस्तो सपना सजाएछ पापी यो मनले
याद गर या नगर मलाई कुनै मतलव छैन

9.तिम्रै खुसीको लागि कति आँशु झरिदिएछन्
आफनो भन्ने मुटु पनि तिम्रै निम्ती मरिदिएछन्
आखिर तिमीसँग टाढा हुँदा आँशु किन झर्छ
थाहै थिएन मुटु भरि तिम्रै माया भरिदिएछन्

खराव मान्छे म

16 सेप

जो कोहिको भलो चाहने खराव मान्छे म
जो कोहिको आँशु नचाहने खराव मान्छे म

अँ ! यहा यस्तै भन्छन् आजकल
हिडेको बाटो मोड्ने खराव मान्छे म

बोली बचन कस्तो बोल्नु पर्ने रैछ
व्यर्थै आँशु बगाउनी खराव मान्छे म

विगतलाई बर्तमान बनाउने चाहना मेरो
राम्रो भविष्यको कामना गर्ने खराव मान्छे म

खै किन दुखित बन्दिन्छ यो मन पनि
पराईलाई सम्झीरहने खराव मान्छे म