पश्चातापले जलिरहदा तिम्ले भेट्न पाउनेछौ
मनभरिका तिर्सना त्यसैबेला मेट्न पाउनेछौ
तड्पाएर रुवाएको पाप मेटीन्छर ? कहाँ सानु
अचानो बनेर पनि कुनै दिन त रेट्न पाउनेछौ
भेट्न पाउनेछौ
25 जुनखाटो बस्ने भयो
25 जुनघाउ त निको होला तर खाटो बस्ने भयो
मनको मझेरि उसकै यादमा तातो बस्ने भयो
पिरतिको नाउ हो कि जिन्दगीको भोगाई सानी
नयन भने उहि निष्ठुरीको बाटो हेर्दै बस्ने भयो
गजलमा कुरा हुन्थ्यो
19 मेउनको अनि मेरो गजलमा कुरा हुन्थ्यो
मन अनि मुटुको पजलमा कुरा हुन्थ्यो
तर आज समयले खै कहा पुर्यायो सानि
जे जस्तो हुदा पनि सजलमा कुरा हुन्थ्यो
टाडा भयो
19 मेजसले मलाई हसाउछु भन्थ्यो उहि आज टाडा भयो
दुरी बढ्दै गयो तर किन कुन्नि यादहरु गाडा भयो
मिलन विछोड जिन्दगिको रित नै ठान्थे मै पनि
त्यहि बोटको सुन्दर गुलाफ फुल आज काडा भयो..
पिरति
7 अप्रिलयस्तै हो सानी जिन्दगीको कथा दोहोरिरहन्छ
मन मुटुको नाता जति तोडेपनि जोडिरहन्छ
खोजाई उस्को होइन न हो तिम्रो पनि
पिरति रैछ प्रिय यो उसैलाई हरपल खोजिरहन्छ.
जमाएपछि
24 फेबमैले देको गुलाफ फाल्यौ अरे अर्कोले देको थमाएपछि
यताको डेरा खाली गरयौ उता घरमा डेरा जमाएपछि
शुभकामना त्यहा यहाको भन्दा धेरै माया मिलोस्
याद किन आउदो होला र प्रिय अरुकै साथमा रमाएपछि
बन्न खोज्यौ कि
13 डिसतिमी मेरो दिलको ढुकढुकी बन्न खोज्यौ कि
तिमी नै मेरी दिलकी रानी भन्न खोज्यौ कि
देखेकी छु माया गर्दै दोबाटोमा छोडेको नी
यस्तै गरि छाड्ने रुपमा गन्न खोज्यौ कि
जुनतारा झार्छु परि सरि राख्छु तिम्लाई भन्दै
पुरा गर्नै नसक्ने कसमको खानी बन्न खोज्यौ कि
आरोप होइन यर्थाथता कति कति देखेकि छु
मेरो पनि मायाको बगैचा खन्न खोज्यौ कि
कुर्दैछु
13 डिसफर्कन्छौ कि तिमी भन्दै कुर्दैछु सानु
साहित्यका शब्द सँगसँगै फुर्दैछु सानु
खै कस्तो मोडमा दैवले टाढा गरायो
अरुकै चिनाको नामथरमा जुर्दैछु सानु
कति कोसिश गरे फेरि भेट्छु कि भनी
नचाहेर तिम्रो मेरो साइनो तुर्दैछु सानु
नलाग्नु पर्ने चोट लागेपछि यस्तै भयो
मन भित्रको घाउको डोबलाई पुर्दैछु सानु
दुख लाग्यो……….
11 डिसभनाइ एउटा गराइ अर्को गरेउ र पो दुख लाग्यो
मनको साथी भनी पराई बनायौ र पो दुख लाग्यो
केहि पललाई खुसी दियौ आँसु जुनीजुनीलाई सानु
हासो खुसी दिन्छु भनी ढाट्यौ र पो दुख लाग्यो
जति छन् तिम्लाई आसु बगाउन बाध्य बनाउनेहरु
त्यस्तै गराउनेछु भन्दै स्वयः रुवायौ र पो दुख लाग्यो
दुख साट्यौ सुख साट्यौ साट्यौ चोखो मन पनि
सबै सत्य भनि उहि झुट बोल्यौ र पो दुख लाग्यो