सधैभरि सत्य लुकाई झुटमा जिउन सकिन
अमृत ठान्दै विष तिम्ले देको पिउन सकिन
दर्द अनि पिडा दियौ भन्दिन म तिम्लाई
खै कत्ति धरै च्यातिएछ मन सिउनै सकिन
सिउनै सकिन
4 सेपदोवाटोमा
18 अगस्टदोवाटोमा एक्लै छोडेपनि मर्न सकिएन
वचनले मन तोड्ए पनि अन्त सर्न सकिएन
किन उसकै सम्झनाले छातिले पोलिदिन्छ
उसले झै पराई व्यवहार गर्न सकिएन
जे जति गरेपनि किन कुन्नी उसप्रति
घृणा र तिरसकारले मन भर्न सकिएन
विसाएछु
14 अगस्टजीन्दगीको सहयात्रीसँग रिसाएछु
थाहै नपाई मन उहीसँग विसाएछु
लाखौ कासिस टाडीनलाई मन नहुदा
व्यर्थै सानुको कोमल मन चिसाएछु
जीन्दगी कभी कभी किसि कि लिए खो जाता हे
दिलको बहुत सझाए फिर रो जाता हे
मुझको कोइ मासुमी गम नही हे पर क्यू
पता नही था हरपल दुखने छो जाता हे
दुरी बढ्यो
14 अगस्टदुरी बढ्यो साइनो रह्यो र त जीउदैछु सानु
मेरा वचनलाई सधै सह्यौ र त जीउदैछु सानु
तिमीवाट टाढा हुँदा सम्झनाका लहर कत्तिकत्ति
फेरि मेरै भावनामा बह्यौ र त जीउदैछु सानु
धन्यवाद
14 अगस्टतपाइहरुकै आर्शिवादले बाच्दैछु मत
कन्जुस बनी धन्यवाद साच्दैछु मत
जीन्दगी पालुवा फेर्दैछ रे मेरो पनि
जीन्दगीलाई सघर्षसँग दाज्दैछु मत
सम्झना गर्नु हुने सवैलाई धन्यवाद
मलाई आर्शीवाद दिने सबैलाई धन्यवाद
अन्जानी मै गल्ति गरे होला कत्ति कत्ति
अज्ञानी सम्झी माफी दिनेलाई धन्यवाद
मलाई …
13 अगस्ट
मलाई झै विश्वासमा कुठाराघात भए के गर्छौ
आफेनै भनेको मान्छे पराइसाग गए के गर्छौ
हासोसँगै कुरा मोड्छौ मेरा सोधाइहरुलाई
मनका चाहनाहरु सवै मन्मै रए के गर्छौ
रुवाउनु थियो त हाँस्न किन सिकाएको
च्यात्नु नै थियो त गाँस्न किन सिकाएको
बाढी भेल रैछौ तिमी बगाएर सबै लग्यौ
खाली यो दिलमा तस्विर टाँस्न किन सिकाएको
झुटै झुट बोलेर तिमी बाच्या रैछौ सानु
मर्ला विष उसलाई अमृत साच्या रछौ सानु
उसँग टाढा हुँदा फरक तिम्रा व्यवहारहरु
जोड्न्नलाई गाहे भाको तिम्ले मन भाच्या रैछौ सानु
जति लुगा फेरे पनि मन फेरिदैन
मलिन मुहार त्यै पनि मन फेरिदैन
आश गर्नु पर्दैन भो मेरो तिम्ले कत्ति
जेजति गरेपनि तिम्ले मन फेरिदैन
मन मेरो रुदैछ तिम्ले उसलाई हेरेपछि
पलभरमै यताउता तिम्ले मन फेरेपछि
दर्द अनि पिडा कस्तो महसुस नगरेसी
नयन वर्षा रोकिएन तिम्ले मन फरेपछि
माया गर्छु भन्न पनि कत्ति गाह्रो भा छ मलाई
अछुत भन्यौ साइनो गाँस्न गाह्रो भा छ मलाई
खै यो कस्तो मोडमा ल्याई प¥यायौ तिम्ले सानु
साथ अगाध अनि माया सार्न गाह्रो भा छ मलाई
अनुमति विना तिम्रो तस्विर सजाउने मन कस्तो होला
सोध्धै नसोधी सम्झना गर्ने यो मन कस्तो होला
नबाध्न नै सके नथुन्नै सके यो पापी मनलाई
पाउदीन थाहा छ फेरि आश गर्ने मन कस्तो होला
किन मलाई यस्तो भन्यौ तिम्ले सानु
सुख लट्यौ दुख खन्यायौ तिम्ले सानु
विश्वास भन्ने एक रति नराखेर तिम्ले
नाता गोता सबै मेरा जान्यौ तिम्ले सानु
हजारौको भिडमा पनि एक्लै छु म
किन किन अरु भन्दा भिन्नै छु म
आकासमा पानी देखियो तर रिक्तै
बैशाखको घाम झै चर्को छु म
उजाड्नु नै थियो त मित्रताको घरसंसार बसाउनी किन
जताजतै शत्रु अनि बैरि मेरा व्यर्थै हसाउनी किन
आशा अनि विश्वास टुट्यौ तिमीप्रति मेरो सानु
नछुटाउनु साथ छुटाइ नयन रसाउनी किन
बाधक बनेछु
6 अगस्टनचाहेर तिम्रो उसको विचमा बाधक बनेछु
भगवान भन्दै सम्झी रहने तिम्रो साधक बनछू
खै यो समयले कस्तो दिन देखाइ दियो सानु
सँगै हिड्दा खुसी थिए म त तर बाधक बनेछु