जलनको नाम दियौ

3 अगस्ट

तिम्रो पिडामा दुखी हुँदा जलनको नाम दियौ
दोहोरो चरित्र तिम्रै रैछ चलनको नाम दियौ

ठिकै छ स्वार्थी दुनियमा तिमी अछुत रहेनछौ
भित्र विष बाहिर तिमी मलमको नाम दियौ

नम्वरी सून दिए लगाएर बेच्यौ भन्छन् तिम्लाई
आज आई काम सकिए पछि जलपको नाम दियौ

गुनासो छैन तिमीसँग आफ्नै कर्म दोषि सानु
लाखौ शब्द भित्रको प्यारो जलनको नाम दियौ

भेट्‌न पाउनेछौ

25 जुन

पश्चातापले जलिरहदा तिम्ले भेट्‌न पाउनेछौ
मनभरिका तिर्सना त्यसैबेला मेट्‌न पाउनेछौ
तड्‌पाएर रुवाएको पाप मेटीन्छर ? कहाँ सानु
अचानो बनेर पनि कुनै दिन त रेट्न पाउनेछौ

खाटो बस्ने भयो

25 जुन

घाउ त निको होला तर खाटो बस्ने भयो
मनको मझेरि उसकै यादमा तातो बस्ने भयो
पिरतिको नाउ हो कि जिन्दगीको भोगाई सानी
नयन भने उहि निष्ठुरीको बाटो हेर्दै बस्ने भयो

गजलमा कुरा हुन्थ्यो

19 मे

उनको अनि मेरो गजलमा कुरा हुन्थ्यो
मन अनि मुटुको पजलमा कुरा हुन्थ्यो
तर आज समयले खै कहा पुर्यायो सानि
जे जस्तो हुदा पनि सजलमा कुरा हुन्थ्यो

टाडा भयो

19 मे

जसले मलाई हसाउछु भन्थ्यो उहि आज टाडा भयो
दुरी बढ्दै गयो तर किन कुन्नि यादहरु गाडा भयो
मिलन विछोड जिन्दगिको रित नै ठान्थे मै पनि
त्यहि बोटको सुन्दर गुलाफ फुल आज काडा भयो..

पिरति

7 अप्रिल

यस्तै हो सानी जिन्दगीको कथा दोहोरिरहन्छ
मन मुटुको नाता जति तोडेपनि जोडिरहन्छ
खोजाई उस्को होइन न हो तिम्रो पनि
पिरति रैछ प्रिय यो उसैलाई हरपल खोजिरहन्छ.

जमाएपछि

24 फेब

मैले देको गुलाफ फाल्यौ अरे अर्कोले देको थमाएपछि
यताको डेरा खाली गरयौ उता घरमा डेरा जमाएपछि
शुभकामना त्यहा यहाको भन्दा धेरै माया मिलोस्
याद किन आउदो होला र प्रिय अरुकै साथमा रमाएपछि

बन्न खोज्यौ कि

13 डिस

तिमी मेरो दिलको ढुकढुकी बन्न खोज्यौ कि
तिमी नै मेरी दिलकी रानी भन्न खोज्यौ कि

देखेकी छु माया गर्दै दोबाटोमा छोडेको नी
यस्तै गरि छाड्ने रुपमा गन्न खोज्यौ कि

जुनतारा झार्छु परि सरि राख्छु तिम्लाई भन्दै
पुरा गर्नै नसक्ने कसमको खानी बन्न खोज्यौ कि

आरोप होइन यर्थाथता कति कति देखेकि छु
मेरो पनि मायाको बगैचा खन्न खोज्यौ कि

कुर्दैछु

13 डिस

फर्कन्छौ कि तिमी भन्दै कुर्दैछु सानु
साहित्यका शब्द सँगसँगै फुर्दैछु सानु

खै कस्तो मोडमा दैवले टाढा गरायो
अरुकै चिनाको नामथरमा जुर्दैछु सानु

कति कोसिश गरे फेरि भेट्छु कि भनी
नचाहेर तिम्रो मेरो साइनो तुर्दैछु सानु

नलाग्नु पर्ने चोट लागेपछि यस्तै भयो
मन भित्रको घाउको डोबलाई पुर्दैछु सानु

दुख लाग्यो……….

11 डिस

भनाइ एउटा गराइ अर्को गरेउ र पो दुख लाग्यो
मनको साथी भनी पराई बनायौ र पो दुख लाग्यो

केहि पललाई खुसी दियौ आँसु जुनीजुनीलाई सानु
हासो खुसी दिन्छु भनी ढाट्यौ र पो दुख लाग्यो

जति छन् तिम्लाई आसु बगाउन बाध्य बनाउनेहरु
त्यस्तै गराउनेछु भन्दै स्वयः रुवायौ र पो दुख लाग्यो

दुख साट्यौ सुख साट्यौ साट्यौ चोखो मन पनि
सबै सत्य भनि उहि झुट बोल्यौ र पो दुख लाग्यो

गास्दैछौ

11 डिस

यता मलाई रुवाएर उता हास्दैछ सानु
किन कुन्नी अटुट साइनो मास्दैछ सानु
माया सद्भाव थियो थियो आत्मियता
यताको दिल तोडि उता गास्दैछ सानु